दफा १८
उजूरी गर्न सक्ने
: उपचारको क्रममा कुनै सेवाग्राहीको स्वास्थ्यमा थप जटिलता देखा परेमा वा उपचारको प्रक्रियाप्रति निजलाई कुनै आशंका भएमा निजले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था प्रति तोकिएको निकायमा तोकिए बमोजिम उजूरी गर्न सक्नेछ।